डा. गोविन्द केसीको १७ औँ अनसन डडेल्धुरामा शुरु

डडेल्धुरा, १८ कात्तिक । सात बुँदे माग अघि सार्दै डा गोविन्द केसीले आफ्नो १७ औँ अनसन डडेल्धुराबाट शुरु गरेका छन् । सोमबार साँझ ५ बजेबाट उनले अनसन शुरु गरेका हुन् ।  त्यसअघि उनले पत्रकार सम्मेलन गरी आफ्ना माग प्रस्तुत गरेका थिए ।

डडेल्धुरा उपक्षेत्रीय अस्पताल नजिक रहेको एक निजी घरमा डा केसी अनसन बसेका छन् । यसअघि उनी अस्पताल वा सार्वजनिक संस्थानमा गएर अनसन बस्ने गर्दथे ।

डा केसीले यसपटक पनि विगतमा सरकारले आफूसंग गरेको सम्झौँताको कार्यान्वयनलाई मुख्य जोड दिएका छन् । त्यसबाहेक केही राजनीति विषय जस्ता देखिने मुद्धा समेत आफ्ना मागमा घुसाएका छन् ।

पन्धौँ अनसन बस्न जुम्ला पुगेका डा केसी १६ औँ अनसन इलाम पुगेर गरेका थिएँ । अनसनका क्रममा स्वास्थ्य बिग्रेपछि सरकारले दुबैठाँउबाट उठाएर काठमाडौँ लगेको थियो ।

यस्ता छन् डा केसीका माग :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *