नवलपरासी : रक्त सञ्चार केन्द्र स्थापना

lood

कावासोती, १८ कात्तिक । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ ।  नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामानै पहिलोपटक उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो ।

‘हिल्फे बेलिङ्ग्रिस इ भि जर्मनी’को रु ४६ लाखको सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताए ।  २०० पोका रगत सङ्कलन गर्न सकिने गरी ‘डि’ समूहको रक्त सञ्चार केन्द्र स्थापना गरिएको सभापति न्यौपानेले बताए ।

रक्त सञ्चार केन्द्र सञ्चालन गर्न तत्कालका लागि प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले गर्ने छ । केही समयपछि स्थानीय स्तरबाटनै प्राविधिक उत्पादन गर्ने गरी तालीम प्रदान गरिने सभापति न्यौपानेले बताए ।

रक्त सञ्चार स्थापना भएसँगै नवलपरासीपूर्व नवलपुरमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने भएको छ । नवलपुरमा दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने छ । जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भए पनि यहाँ रहेका अस्पतालमा सङ्कलित रगत खपत हुने अवस्था नरहेकाले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरमार्फत चितवनमा रगत पठाइने उनले बताए ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *