अर्बुद पीडितलाई चार लाख सहयोग
गलकोट, १३ कात्तिक । आन्द्राको अर्बुदबाट पीडित बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि रु चार लाख सहयोग जुटेको छ ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग सङ्कलन अभियानबाट सो रकम जुटेको हो । सङ्कलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिए ।
पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग सङ्कलन अभियान चलाएको हो । खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्कालगायतको पहलमा रु दुई लाख, कोरियाबाट मनोज थापाको पहलमा रु ९० हजार र साउदी अरबबाट चित्र भण्डारीको पहलमा रु ५० हजार सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताए । भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा रु चार लाखभन्दा बढी खर्च भइसकेको उनकी श्रीमती सावित्राले बताइन्। उनले सहयोगका लागि सबैलाई आग्रह गरिन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




