त्रिविका मेडिकल तथा डेन्टल कलेजलाई एमबीबीएस र बीडीएसको सिट बाँडफाँड (कसले कति पाए ?)
काठमाडौँ, ६ कात्तिक । चिकित्सा शिक्षा आयोगको आग्रहमा नेपाल मेडिकल काउन्सिलले यसपटक पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल र डेन्टल कलेजका लागि सिट निर्धारण गरिदिएको छ ।
मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले यसबर्षका लागि नयाँ सिट निर्धारण गरेको हो ।
त्रिविका मेडिकल तथा डेन्टल गरी कुल नौँ वटा कलेजमध्ये एमबीबीएस तर्फ सबैभन्दा बढी अर्थात १०० सीट नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, नेशनल मेडिकल कलेज बीरगञ्ज र चितवन मेडिकल कलेजले पाएका छन् । डेन्टल तर्फ सबै भन्दा बढी अर्थात ५० सिट पिपुल्स डेन्टल कलेज काठमाडौँ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पाएका छन् ।
मेडिकल कलेजहरुको सिट निर्धारण गर्ने काम यसपटक देखि चिकित्सा शिक्षा आयोगको जिम्मामा रहेपनि पदाधिकारीहरुको नियुक्तमा भएको ढिलाईका कारण यसपटक काउन्सिललाई नै दिएको आयोगले जनाएको छ ।
त्यसो त काउन्सिलले यसअघि काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि एमबीबीएस र बीडीएसको सिट निर्धारण गरिदिएको थियो ।
कसलाई कति सिट ?
सम्पर्क इमेल : [email protected]