‘डिफेन्डिङ च्याम्पियन’ एशियन फर्मास्युटिकल्सलाई छैटौँ एपोन फुटसल प्रतियोगिताको उपाधी

112
Shares

काठमाडौँ, ३ माघ ।  ‘डिफेन्डिङ च्याम्पियन’ एशियन फर्मास्युटिकल्स छैटौँ एपोन फुटसल प्रतियोगिता – २०८२ को पनि  उपाधी हात पारेको छ ।

नेपाल औषधी उत्पादक संघ (एपोन) मार्केटिङ सर्कलद्वारा आयोजित प्रतियोगितामा एशियनले क्वेस्ट फर्मास्युटिकल्सलाई ६ – २ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

एशियन पाँचौँ प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।

काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा शुक्रबार देखि जारी प्रतियोगिताको फाइनल आज शनिबार भएको थियो । प्रतियोगितामा नेपालका १६ वटा औषधि उद्योगका टिमहरूको सहभागिता रहेको थियो ।

एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानले नेपाल फर्मा एक्स्पो २०२६ को पहिलो कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता राखिएको बताए । उनले खेलको पहिलो दिन शुक्रबार सुपर १६ र सुपर ८ को प्रतियोगिता सम्पन्न भएको र आज शनिबार सेमिफाइनल र फाइनल प्रतियोगिता भएको बताए ।

प्रतियोगितामा एशियन फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स प्रालि, म्याग्नस फर्मा प्रालि, नेशनल हेल्थकेयर प्रालि, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन प्रालि, एसआर ड्रग ल्याबोरेटरीज प्रालि, फार्मोनिक्स लाइफ साइन्सेस प्रालि सहभागी थिए।

यस्तै  पानस फर्मास्युटिकल्स प्रालि, ओम्निका ल्याबोरेटरीज प्रालि, देउराली–जनता फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, क्यूबीडी फर्मास्युटिकल्स प्रालि, नेपाल फर्मास्युटिकल्स ल्याव (एनपीएल), डिभाइन हेल्थकेयर प्रालि र टाइम फर्मास्युटिकल्स प्रालि सहभागी थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *