फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने

156
Shares


बनेपा, ४ कातिक । रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो ।

“गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाको वडा नं १ खहरेपाँगुको फलामेसाँघुमा १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका हौँ ।” गाउँपालिका अध्यक्ष दलबहादुर लामाले भने ।

निर्णयसँगै अब अस्पताल निर्माणको लागि आर्थिक प्रक्रियाको बाटोसमेत खुलेको अध्यक्ष लामाले बताए । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा निर्माणकार्य अगाडि बढाउने विषयमा सम्बन्धित निकायसँग छिट्टै छलफल थाल्ने उनको भनाइ छ ।

सो निर्णय भएसँगै छिमेकी वडा नं ३ का वडाध्यक्ष धनजीत लामाले निर्णय निकै स्वागतयोग्य भएको बताए । अब निर्णयसँगै निर्माण प्रक्रियालाई छिट्टै अगाडि बढाउन उहाँले आग्रहसमेत गरेका छन्् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *