डाक्टर ड्युटिमा नबसेको भन्दै गजेन्द्रनारायणसिंह अस्पतालमा तोडफोड

3.1k
Shares

काठमाडौँ, २७ असोज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।

अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा ज्ञानेन्द्र झा र डा प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ ।

बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यसैबिच अस्पताल प्रशासनले डा झा बिदामा रहेको र अर्का डा यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “डाक्टर ड्युटिमा नबसेको भन्दै गजेन्द्रनारायणसिंह अस्पतालमा तोडफोड

  1. यो डाक्टरले एक वर्षमा कति दिन बिदा पाउछ
    जतिबेला बिदा बसेको हुन्छ ।🤔🤔🤔🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *