चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण तयारी : स्वास्थ्य सेवाको संयोजन गर्ने जिम्मा सैनिक अस्पताललाई

काठमाडौँ, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल बसाईका क्रममा आवश्यक पर्न सक्ने स्वास्थ्य सेवाको प्रवन्ध नेपाली सेनाको अस्पतालले गर्ने भएको छ । भारतबाट फर्कने क्रममा चिनियाँ राष्ट्रपति सी आगामी शनिबार र आइतबार नेपालमा रहनेछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भ्रमण टोलीका लागि आवश्यक पर्न सक्ने स्वास्थ्य सेवाका लागि छाउनीस्थित बीरेन्द्र शैनिक अस्पतालको समन्वयमा हव र स्याटेलाइट अस्पताल तयार गरिएको छ ।

हवमा सैनिक अस्पताल सहित वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल, निजामती लगायतका अस्पताल छन् । यस्तै नर्भिक, मेडिसिटी सहित ५० बेड भन्दा माथिका निजी तथा सरकारी अस्पतालहरुलाई स्याटेलाइट अस्पतालको रुपमा तयारी अवस्थामा रहन भनिएको छ ।

समग्र स्वास्थ्यको निगरानी स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईले गर्ने भएपनि सुरक्षाका कारण सेनालाई सो जिम्मेवारी दिइएको हो ।

भ्रमणमा सैनिक अस्पताल, वीर अस्पताल, तथा निजी अस्पतालका अध्यानुनिक सुविधासम्पन्न एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएको छ । ‘केही संगसंगै गुडछन्, केही हव हस्पिटल र स्याटलाईट केन्द्रमा तयारी अवस्थामा राखिन्छन्,’ मन्त्रालयका अधिकारीले भने, ‘स्वास्थ्यले गर्नुपर्ने सबै तयारी पुरा भएको छ ।’

पछिल्लो समय नेपालमा भ्रमण गर्ने विदेशी पाहुनाहरुमा चिनियाँ राष्ट्रपति सी सबैभन्दा प्रभावशाली व्यक्ति मानिन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *