यी हुन् आँखा स्वास्थ्य सम्वन्धी २५ तथ्य

आज विश्व दृष्टि दिवस विविध कार्यक्रम गरी देशभर मनाइदै छ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी ले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा VISION 2020 : Right to Sight कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्वमा :

  • ३ करोड ६० लाख मानिस दृष्टिीविहिन छन् ।
  • २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
  •  २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।
  • १ अर्व मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
  • अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष (Visual Impairment) देखिएको छ ।
  • कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
  • अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।

नेपालमा :

  • ३ सय जना नेत्र बिशेषज्ञ,८ सय जना दृष्टि बिशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन ।
  •  १ लाख २० हजार मानिस दृष्टिीविहिन छन् ।
  • १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ ।
  • ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
  • दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
  • अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
  • अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
  • उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्य लगभग ६० उच्च तथा मध्यम प्रकारको न्यून दृष्टी महिलामा रहेको छ ।
  • न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन् ।
  • दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
  • पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ ।
  • हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ ।
  • सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

अन्धोपनाका मूख्य कारणहरु :

  • मोतिविन्दु र यस सम्बन्धित – ६५ %,
  • आँखाको पर्दा जन्य रोगहरु– १३ %,
  • आँखाको नानीमा हुने अन्धोपना– ६ %
  • जलविन्दु– ५%,
  • दष्टिदोष– ४ %,
  • अन्य–७ %
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *