दशैँ, खानपान र स्वास्थ्य

दशैँ नेपालीहरुको महान चाड हो। यो चाड हामीले दशकौं देखि हर्षउल्लासका साथ मनाउदै आइरहेका छौँ । यो चाडको धार्मिक हिसाबले मात्र महत्व नभै पारिवारिक भेटघाट, आपसी मेलमिलाप, सुवेक्षा आदान प्रदान गर्ने तथा आशिर्वाद प्राप्त गर्नु पनि हो । यी सबै गतिबिधि संगै यो चाडसंग खानपानको बिशेष सम्बन्ध जोडिएको कुरा हामी सबैलाई थाह नै छ ।

विभिन्न ठाउँ, समुदाय, बर्ग अनुसार खानपान र यो संग जोडिएको महत्व पनि बेग्लै देखिन्छ । घरमा बनाएका स्थानीय परिकारहरु देखि बजारिया खाना, पेय पदार्थ र बिशेषगरि मासुजन्य खानाहरुले गर्दा हामीहरु यो चाडको पर्खाइमा रहेका हुन्छौं । अहिले आएर हेर्दा यो चाड विषेश गरि पारिवारिक जमघट भै विभिन्न मासुजन्य परिकारमा जोड दिईरहेको देखिन्छ। त्यसैले यो समयमा मानिसहरुले नियमित भन्दा धेरै खाने, चिल्लो तथा बोसोयुक्त परिकारहरु संगै मदिराजन्य पदार्थलाई पनि उपभोग गरिरहेको देखिन्छ। त्यसैले यो बेला खानेकुरामा सजग हुन सकिएन भने स्वास्थ्यमा शिघ्र तथा दीर्घ असरहरु पर्ने भएकोले निकै सतर्क रहनु जरुरी देखिन्छ ।

खानपान तथा स्वास्थ्यमा मा के के कुरामा ध्यान दिने त ?
१. घरमा बनाएका भएता पनि ( सेल, फिनी, अनारसा इत्यादी) अत्यधिक चिल्लो र गुलियो मिश्रित खानाका परिकारहरु बिशेष ध्यान पुर्याएर मात्र खाउँ। यी परिकारहरु तयार गर्दा चामलको पिठो या मैदा भन्दा आटा प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै किसिमको दीर्घरोग ( सुगर, प्रेसर, मुटु रोग आदि) छ भने यस्ता परिकारहरु नखाएकै राम्रो।
२. मासु खाँदा रातो मासु ( जस्तै खसी, बोका,च्यांग्रा, भेडा, रागो आदि ) भन्दा सेतो मासु (कुखुरा, हाँस, टर्की आदि) लाई प्राथमिकतामा राखौँ । मासुका परिकार बनाउदा कम तेलमा, बोसो छुट्टयाई मात्र राम्रोसंग पकाउनु पर्दछ। सकेसम्म पोलेका, तारेका, धेरै चिल्लोरबोसो हालेर भुटेका परिकारहरु कम मात्रामा खाउँ। मासु राम्रो संग पकाएर खाऔं र खसी, बोका, कुखुरा आदि किन्दा स्वस्थ पशु हो कि होइन भनि एकिन भएपछि मात्र किनौ ।

३. अरु चिल्लो, गुलियो तथा मासुजन्य परिकारमा मात्र केन्द्रित नभई आफ्नो गाउँठाउँमा फलेका सिजनका हरिया तरकारीरसागपात तथा फलफुलहरुलाई आफ्नो खानाको अभिन्न अंग बनाउनु पर्दछ। काक्रो, गाजर, मुला, साग, कागती इत्यादीलाई सलादको रुपमा तथा फलफूलहरु अम्बा, स्याउ, केरा, भोगटे लगाएत स्थानीय फलफूलहरुलाई खाजाको रुपमा प्रयोग गरौ।

४. मासु लगाएत अन्य परिकारहरू ताजा नै खाने बानि बसालौ, बासि सडेगलेको, झिंगा भन्केको खानेकुरा कदापी सेवन नगरौँ।

५. बजारिया पेय पदार्थमा चिनी र रसायनको मात्रा धेरै हुने भएकोले यस्ता पेय पदार्थलाई निरुत्साहित गरौँ र सकेसम्म घरमै बनाएको महि, लस्सी, सर्बत आदि सेवन गरौँ। मदिराजन्य पदार्थहरुको स्वास्थ्यमा निकै नकारात्मक असर हुने हुनाले टाढै बसौं ।

६. आफुलाई कुनै पनि दीर्घरोग या शारीरिक समस्या छ भने सम्बन्धित बिशेषज्ञ चिकित्सकको राय अनुसार नै खानेकुरा खाउ अन्यथा ठुलै दुर्घटना निम्तिने खतरा पनि हुन सक्छ। दशैंको समयमा आफ्नो स्वास्थ्यमा कुनै समस्या आयो या शंका लाग्यो भने तुरन्तै नजिकको स्वास्थ्य संस्था वा चिकित्सक कहाँ सम्पर्क गरिहाल्नु बेस हुन्छ ।आफुले सेवन गरिहेका सम्पूर्ण ओंखतिहरु नियमितरुपमा नै सेवन गरौँ। आफुले उपचार गराइरहेको चिकित्सकको सम्पर्क नम्बर लिई राख्दा बेस हुन्छ। स्मरण रहोस यो दशैंमा सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरु खुल्ला हुनेछन।

७. यो बेलामा शारीरिक ब्यायामर कसरत गर्न छोड्नु वा भुल्नु हुदैन। नियमित रुपमा सम्पूर्ण शारीरिक सक्रियताका गतिबिधिलाई निरन्तरता दिनु अझ जरुरि हुन्छ । मनोरंजन वा अरु कुनै काम गर्दा लामो समयसम्म यौटै स्थितिमा नबसौ र कम्तिमा ३० मिनेटमा येसो हल्का हिड्ने बानि पनि गरौ।

८. यो समयमा बरु अलि अध्यात्म तिर ध्यान दिने, पुजा अर्चना गर्ने, साथीभाई, घर परिवारलाइ समय दिने हास्ने खेल्ने गरेमा अझ हाम्रो स्वास्थ्यमा, बिशेष गरि मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाब पार्दछ ।

तसर्थ, माथि उल्लेखित ८ बुदाहरुलाई बिशेष मनन गरि आहार व्यवहारमा ध्यान दिएको खण्डमा तपाई हामी सबैको दशैं सुखमय, आनन्दमय, मनोरन्जनात्मक र स्वस्थ हुनेछ भन्ने कुरामा म बिश्वस्त छु। बडा दशैं २०७६ को उपलक्ष्यमा सम्पूर्ण नेपाली हरुमा सुख, शान्ति, सम्वृद्धिको मंगलमय शुभकामना दिन चाहन्छु।

# पराजुली स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, पोषण शाखाको प्रमुखको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *