के राति र दिउँसो बिरामी पर्दा निको हुने समय पनि फरक पर्छ ?

बीबीसी । के बिरामी पर्न वा घाउचोट लाग्न कुनै उपयुक्त समय हुन्छ ? केही बैज्ञानिकलाई हुन्छ जस्तो लाग्छ । हाम्रो शरी धेरै काम गर्ने एउटा यन्त्र जस्तो छ । सबै काम एकैचोटी गर्ने र सबैकाम राम्रो होस भन्ने त्यो चक्र २४ घण्टा अवधीको हुन्छ ।

कोषको गतिविधि सञ्चालन गर्न हाम्रो शरीरमा एउटा घडी हुन्छ । यदि त्यो घडी मिलेको छैन भने जेट ल्याग, निद्रासम्वन्धी समस्या र डिपे्रशन पनि हुनसक्छ । सर्कीडीअन रिदम भनिने त्यो चक्रलाई प्रकाश र अन्धकारले चलाउँछन् ।

पुरानो अवस्थामा फर्किन शरीर र यी चक्रहरुसंग सम्वन्ध हुन्छ । शरीरले कसरी आफ्नो रक्षा गर्छ भन्ने कुरा दिनको समयमा भर पर्ने अनुसन्धानले देखाएको छ ।
रातको समयमा शरीरमा आगोले पोल्यो भने त्यो नको हुन दिउसो पोलेको घाउभन्दा झण्डै ११ दिन बढी लाग्ने ब्रिटिस बैज्ञानिकहरुले पत्ता लगाएका छन् । शरीरको रोग प्रतिरोधी प्रणाली सक्रिय हुने समयमा संक्रमणको प्रतिकार गर्न एन्टीबडीहरु अतिरिक्त रुपमा सक्रिय हुन्छन् ।

एउटा सोधले मौसमी रुघा विरुद्ध प्रयोग हुने खोप दिउसो भन्दा विहान लिए बढी प्रभावकारी हुने देखायो । त्यसैगरी एस्पीरिन दिउसो भन्दा राती सेवन गर्दा बढी प्रभावकारी हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।

कुनै समयमा औषधि दिँदा वा उपचार गर्दा बिरामीहरु चाँडै निको हुन्छन भनेर बैज्ञानिकहरु पत्ता लगाउन खोज्दैछन् । यसले संसारभरी स्वास्थ्यउपचारमा क्रान्ति ल्याइदिन सक्छ र मानिसलाई बचाउन सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *