रोशनी शाहीको विषयमा नर्सिङ संघले भन्यो, ‘निस्पक्ष छानवीन होस’
काठमाडौँ, १६ असोज । नेपाल नर्सिङ संघले पूर्व सभामुख कृष्णबहादुर महरासंग जोडिएको विवादास्पद विषयको निस्पक्ष छानवीन गर्न सरकारसंग माग गरेको छ । उक्त घटनामा जोडिएकी पात्र रोशनी शाही पेशाले नर्स हुन् ।
संघले बुधबार विज्ञप्ती जारी गर्दै छानवीनको माग गरेको हो ।
संसद सचिवालयमा कार्यरत नर्स शाही पूर्व सभामुख महराले यौन दुव्र्यवहार गरेको भन्दै गत सोमबार मिडियामा आएकी थिइन । त्यस लगत्तै महराको सभामुख पद खुस्किएको छ । तर पछिल्लो पटक भने शाहीले बयान बदली आफूलाई महराबाट कुनै दुर्वहार नभएको बताएकी छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



