पोषणका क्षेत्रमा भएका कामको समिक्षा गर्दै संघ र प्रदेशका स्वास्थ्यकर्मीहरु

काठमाडौँ, २० भदौ । पोषणका क्षेत्रमा गत आर्थिक बर्षमा सरकारको तर्फबाट गरिएका कामको समिक्षा शुरु भएको छ । संघ तथा प्रदेशका स्वास्थ्य अधिकारीहरुले सहभागितामा राजधानीमा बिहीबारबाट दुई दिने पोषण सम्वन्धी दुई दिने राष्ट्रिय समिक्षा गोष्ठी शुरु भएको हो ।

परिवार कल्याण महाशाखाको आयोजनामा भएको उक्त गोष्ठीमा सातवटै प्रदेशबाट पोषण अधिकारी र प्रदेश स्वास्थ्य निर्देशनालयबाट एक जना प्रतिनिधिको सहभागिता छ ।

गोष्ठीमा पोषणका क्षेत्रमा काम गरिरहेका अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु युएसएड, युनिसेफ, सुआहारा, विश्व खाद्य कार्यक्रम लगायतका संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।

‘यो राष्ट्रिय स्तरको समिक्षा गोष्ठी हो । खासगरी पोषणका क्षेत्रमा गएको बर्ष हामीले के के गरयौँ ? के काम सहज भए ? के के काम गर्न सकिएन ? के कारणले सकिएन ? वा अब कसरी गर्न सकिन्छ ? भन्ने विषयको छलफल हो । एक हिसावले स्व मुल्यांकन हो भन्दा पनि हुन्छ । यसले गतवर्षको सफलतालाई टिप्ने र कमजोरीलाई हटाउने मनस्थिति रहेको छ,’ परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखा प्रमुख केदार पराजुलीले भने ।

उनले दुई दिने गोष्ठीमा गत आर्थिक बर्षमा भएका कामहरुको मिहिन ढंगले विश्लेषण गर्ने, सफलता र कमजोरीको बारेमा समेत अध्ययन गर्ने र चालु आर्थिक बर्षको कार्यक्रमलाई सफलउन्मुख बनाउने मार्गचित्र कोर्ने समेत बताए ।

कार्यक्रमको विहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा . सुशील प्याकुरेलले उद्घाटन गरेका थिए । कार्यक्रममा रहेका परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले समेत पोषणको महत्वको बारेमा चर्चा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *