कीर्तिमानी रक्तदाता कर्माचार्यले गरे १५९ औँ पटक रक्तदान

140
Shares

तनहुँ, १५ फागुन ।  सबैभन्दा धेरै पटक रक्तदान गरेर नेपालमा कीर्तिमान कायम गरेका प्रेमसागर कर्माचार्यले शनिवार दमौलीमा रक्तदान गरेका छन् । नेपाल स्वंयसेवी रक्तदाता समाज तनहुँ, समाधान अस्पताल र जागौं युवा नेपालको आयोजनामा दमौलीमा भएको रक्तदान कार्यक्रममा कर्माचार्यले १ सय ५९ औ पटक रक्तदान गरेका हुन् ।

काठमाडौँ बागबजार घर भएका कर्माचार्यले उपत्यका बाहिर म्याग्दी, दोलखा, दाङ, कैलाली, कास्की, रुपन्देही, कपिलबस्तु लगायतका जिल्लामा पुगेर रक्तदान गरिसकेका छन् । सर्वसाधारणमा रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आफूले निरन्तर रक्तदान गर्दै आएको उनले बताए ।

‘१८ वर्ष उमेर कटेपछि मानिस रक्तदान गर्न सबल हुन्छ,’ उनले भने, ‘रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुँदैन भन्ने सन्देश दिन जिल्ला जिल्लामा गएर रक्तदान गर्ने गरेको छु ।’ कीर्तिमानी रक्तदाता कर्माचार्य नेपाल स्वंयसेवी रक्तदाता समाज नेपालका अध्यक्ष समेत हुन् ।

शनिवार नै रक्तदान कार्यक्रममा बेशीसहरका सुरेश बज्राचार्यले ३२ औ पटक रक्तदान गरे । कार्यक्रममा बोल्दै रक्तदान मानव जीवनको महान दान भएकोले रक्तदानमा सहभागी हुनु सराहनीय कार्य भएको सांसद कलिला खानले बताइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *