भालुले क्षतविच्छेद गराएको अनुहार म्याक्जिलो फेसियल सर्जरी गरी मिलाईयो

काठमाडौँ, १२ भदौ । भालुको आक्रमणमा परेका एक १६ बर्षीय किशोरको क्षतविच्छेद अनुहार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल (केडीसी)ले जोडिदिएको छ ।

बेलकोटगढी नगरपालिका ११ मझुवाका किशोर प्रकाश तामाङको क्षतविच्छेत अनुहार केडीसीका म्याक्जिलो फेसियल सर्जन डा. सुमित सिंह नेतृत्वको टोलीले साढे सात घण्टा लामो शल्यक्रिया गरि जोडिदिएको हो ।

गत ४ भदौको विहान घरबाट केही पर बारीमा घाँस काटन जाँदा प्रकाशलाई भालुले आक्रमण गरेको थियो । आक्रमणबाट प्रकाशको अनुहार क्षतविच्छेत बनाएको थियो भने शरीरका विभिन्न भागमा चिथोरेको थियो ।

विहानको समयमा घटना भएका कारण परिवारले उसैदिन उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पुरयाएका थिए । तर प्रकाशको उपचारका लागि उपयुक्त डाक्टर विदामा बसेको भन्दै अर्को दिन कान्तिपुरका लागि रिफर गरेका थिए ।

‘उ (प्रकाश) लाई यहाँ ल्याउँदा अनुहार क्षतविच्छेत अवस्थामा थियो । मस्तिष्कबाट सीएसएस भन्ने तरल पदार्थ लिक भईरहेको थियो । गालामा नाकमा प्वाल परेको थियो । आँखा कसो कसो जोगिएको त थियो तर त्यसलाई अड्याउन चाहिने हड्डी समेत टुक्रिसकेको थियो,’ म्याग्जिलो सर्जन डा सिंहले भने, ‘तर हाम्रो टिमले क्वीक रेस्पोन्स गरी शल्यक्रिया गरिदिइ हाल्यौँ । अहिले उनको अवस्था निकै सुधार भईसकेको छ ।’

डा सिंहका अनुसार मुखको शल्यक्रियाका लागि मात्रै घाइतेकै शरीरका विभिन्न ठाँउबाट हड्डीका टुक्रा लिएर जोडेको बताए । हामीले यसरी करीब १४ वटा हड्डीका टुक्रा प्रयोग गरयौँ । हिप (कम्मर)को भागबाट र मुखको तल्लो च्यापुको भागबाट हड्डीका टुक्रा राखेर अड्याईको छ । त्यसबाहेक केही टाइटेनीमको प्लेटको समेत राखेर अहिले अनुहारलाई पुरानै सेपमा फर्काउने कोशिष गरिएको छ र हामी त्यसमा सफल भएका छौँ ।

डा सिंहले समयमै उपचारका लागि नआएको भए सीएसएसको कमीले बच्चामा म्यानेन्जाइटिस लगायतका अरु जटिल रोग लाग्न सक्ने बताए ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सही उपचारका लागि सही ठाँउमा विरामी पुर्याउनुपर्ने अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्दै मुख दन्त तथा अनुहारसम्वन्धी सबै ट्रमा केशहरु आफूहरुले सहज रुपमा गरिरहेको बताए । हामीसंग त्यहि किसिमको साधन छ र जनशक्ति । त्यसैले हामीले गरेका केशहरु सफल भएका छन् ।

प्रकाशका दाजु चन्द्रबहादुरले अनुहारको उपचारमा केडीसी निकै माथि रहेको आफूले पाएको भन्दै कुन ठाँउमा कुन रोगको सहि समयमा उपचार हुन्छ भनेर सबैले बुझ्नु पर्ने बेला आएको बताए ।

भालुको आक्रमण गरेकै कारण चिकित्सकहरुले उनको म्याग्जिलो फेसियल सर्जरी बाहेक रेविजविरुद्धको उपचार समेत गरेका छन् । भालुले अनुहारमै आक्रमण गर्नुको कारण उसको आँखामा लाईट रिफ्लेक्ट भएको बताइने गरेको छ ।

प्रकाशको उपचारमा डेन्टल सर्जन डा हरि ओली, अर्थोपेडिक सर्जन डा अर्जुन डुम्रे लगायतको टोली खटिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *