एक विद्यालय एक नर्स कार्यक्रम विस्तार


काठमाडौँ, ३ भदौ । स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ ।

सामाजिक विकास मन्त्रालयले सो कार्यक्रमअन्तर्गत १३ जिल्लाका १०१ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ । यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार यसपटक ती स्थानीय तहका १२१ विद्यालयमा नर्सको व्यवस्था गर्न इच्छुक उम्मेदवारको दरखास्त आह्वान गरेकोसमेत गरेको छ ।

सूचनाका अनुसार सिन्धुली आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच, भक्तपुर तीन, काठमाडौ नौ, नुवाकोट १०, रसुवा चार, धादिङ्ग ११, मकवानपुर आठ र चितवन ६ स्थानीय तहका एक विद्यालयमा नर्सको व्यवस्था गरिने छ । मन्त्रालयले चालू आर्थिक वर्षमा १२१ विद्यालयमा नर्स कार्यक्रमका लागि रु ६ करोड ६५ लाख विनियोजन गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *