स्याङ्जा : स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा नगरपालिकामा

वालिङ, २ भदौ । स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र(अस्पताल)को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ ।

गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो । झण्डै १० वर्षअघि स्थानीयवासीबाट रु २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट रु ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा रु तीन करोड र भारतीय सरकारबाट रु पाँच करोड गरी करीब रु आठ करोड ६५ लाखको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको अध्यक्ष लालगोपाल अर्यालले बताए ।

“ खरिद गरिएको पन्ध्र रोपनी जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका थियौँ”, उनले भने, “स्वास्थ्य केन्द्रबाट अझै बढी सेवा दिनुपर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महशुस गरी यो संस्था र नगरपालिकाको संयुक्त सहकार्यमा सेवा सञ्चालन गर्न लागिएको हो ।” पन्ध्र श्ययाको अस्पतालअनुमति पाएको यस केन्द्रको आवश्यक मापदण्ड पूरा गरी श्यया थप गरिने र सेवालाई प्रभावकारी तवरले सञ्चालन गरिने नगरप्रमुख भूपराज अधिकारीले बताए । यो केन्द्रलाई गल्याङ सामुदायिक नगर अस्पतालका रुपमा विकास गरी यहीँमार्फत स्वास्थ्य बीमासहितको सबै प्रकारका उपचार सेवा सञ्चालन गरिने भएकाले उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता हटेर जाने उहाँले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *