धादिङ : विकट गाउँमा निःशुल्क भिडियो एक्सरे

144
Shares


धादिङ, ३२ साउन । जिल्लाको उत्तरी गङ्गाजमुना गाउँपालिकाको विकट क्षेत्रमा गर्भवती महिलाका लागि सञ्चालित निःशुल्क भिडियो एक्सरे सेवाबाट १११ जना लाभान्वित भएका छन् । वर्षाको समयमा गाउँ/गाउँमा पुगेर भिडियो एक्सरेसेवा दिएपछि महिला र बच्चाको ज्यानको सुरक्षा गर्न सकिएकामा खुशी लागेको निःशुल्क भिडियो एक्सरे सेवा दिन गाउँ पुगेकी सुनिता अधिकारीले बताइन्।

गाउँपालिकाका छ वटा स्वास्थ्य संस्थामा पुगेर गर्भवतीको अवस्था, पेटमा भएका बच्चाको अवस्था, पेटमा पानीको मात्रा, बच्चाको अवस्था, बच्चाको मुटुको धड्कनको अवस्थाबारे थाहा पाएर स्वास्थ्य समस्या पहिचान गरी उपचारमा जान सल्लाह दिने उद्देश्यले गाउँपालिकाले भिडियो एक्सरे सेवा शुरु गरेपछि धेरै महिलाको ज्यान जोगिएको गाउँपालिकास्थित स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

बसेरीमा १६ जना, बुढाथुममा १४ जना, फूलखर्कमा १८ जना, गुम्दीमा २८ जना र रिकोका दुई स्वास्थ्यचौकीमा ३५ जना गरी १०८ जनाले निःशुल्क भिडियो एक्सरे सेवा लिएका अधिकारीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *