रक्तदान गरी अनुज्ञाले मनाइन अठारौँ जन्मोत्सव

52
Shares

काठमाडौँ, ३१ साउन । १८ बर्षमा प्रवेश गरेकी डिल्लीबजारकी अनुज्ञा तुलाधरले रक्तदान गरी जन्मदिन मनाएकी छन् । रक्तदानको अभियानलाई सार्थक बनाउन उनले १८ बर्षको उमेरमा जन्मदिन मनाएकी हुन् ।

विहीबार सोल्टीमोडस्थित नेपाल रेडक्रस परिसरमा रहेको केन्द्रीय रक्तसञ्चार केन्द्रमा अनुज्ञालाई रक्तदान गर्न विशेष कार्यक्रम राखिएको थियो । उनको सो कार्यक्रमलाई उत्साह भर्न उनकी आमाले समेत रक्तदान गरेकी थिइन ।

यो अभियानका अगुवा सतक रक्तदाता प्रेमसागर कर्माचार्यले हरेक युवाले १८ बर्ष पछि नियमित रक्तदान गर्नुपर्ने बताए । उनले अनुज्ञाले अव नियमित रुपमा रक्तदान गर्ने प्रतिज्ञा गरेको भन्दै यस्तैगरी अन्य युवाले पनि रक्तदान गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज ललितपुरका अध्यक्ष नविन महर्जन, केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकार लगायतले उनको कार्यको प्रसंशा गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *