रक्तदान गरी अनुज्ञाले मनाइन अठारौँ जन्मोत्सव

काठमाडौँ, ३१ साउन । १८ बर्षमा प्रवेश गरेकी डिल्लीबजारकी अनुज्ञा तुलाधरले रक्तदान गरी जन्मदिन मनाएकी छन् । रक्तदानको अभियानलाई सार्थक बनाउन उनले १८ बर्षको उमेरमा जन्मदिन मनाएकी हुन् ।

विहीबार सोल्टीमोडस्थित नेपाल रेडक्रस परिसरमा रहेको केन्द्रीय रक्तसञ्चार केन्द्रमा अनुज्ञालाई रक्तदान गर्न विशेष कार्यक्रम राखिएको थियो । उनको सो कार्यक्रमलाई उत्साह भर्न उनकी आमाले समेत रक्तदान गरेकी थिइन ।

यो अभियानका अगुवा सतक रक्तदाता प्रेमसागर कर्माचार्यले हरेक युवाले १८ बर्ष पछि नियमित रक्तदान गर्नुपर्ने बताए । उनले अनुज्ञाले अव नियमित रुपमा रक्तदान गर्ने प्रतिज्ञा गरेको भन्दै यस्तैगरी अन्य युवाले पनि रक्तदान गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज ललितपुरका अध्यक्ष नविन महर्जन, केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकार लगायतले उनको कार्यको प्रसंशा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *