कांग्रेस नेता प्रकाशमान अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २७ साउन ।  नेपाल मेडिसिटी अस्पतालमा एक साता लामो उपचार पछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह डिस्चार्ज भएका छन् । उनी गत सोमबार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

मेडिसिटीमा नेता सिंहको उपचार डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टिमले गरेको थियो । चिकित्सकले अझै केही दिन घरमै पूर्ण आराम गर्न सल्लाह दिएको नेता सिंहका सहयोगी युपी लामिछानेले बताए ।

घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सक तथा सुवेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।
मधुमेह, ज्वरो र पिसावमा संक्रमण देखिएपछि नेता सिंह गत सोमबार मेडिसिटीमा भर्ना भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *