कांग्रेस नेता प्रकाशमान अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, २७ साउन । नेपाल मेडिसिटी अस्पतालमा एक साता लामो उपचार पछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह डिस्चार्ज भएका छन् । उनी गत सोमबार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
मेडिसिटीमा नेता सिंहको उपचार डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टिमले गरेको थियो । चिकित्सकले अझै केही दिन घरमै पूर्ण आराम गर्न सल्लाह दिएको नेता सिंहका सहयोगी युपी लामिछानेले बताए ।
घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सक तथा सुवेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।
मधुमेह, ज्वरो र पिसावमा संक्रमण देखिएपछि नेता सिंह गत सोमबार मेडिसिटीमा भर्ना भएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



