महाराजगञ्ज स्ववियूको सिराहामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २६ साउन । सिराहा नगरपालिकामा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ३ हजार बढीको  स्वास्थ्य परीक्षण भएको छ ।

नेम इन्स्टिच्युटको प्राविधिक सहयोगमा महाराजगञ्ज स्ववियूले  शनिबार सिराहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा ३ हजार बढीको स्वास्थ्य परीक्षण भएको छ भने ५ लाख बढीको औषधि निशुल्क वितरण गरिएको छ ।

स्ववियू अध्यक्ष डा. मिलन गैरेका अनुसार शिविरका लागि ३ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अधिकृत बाहेक अरु इन्टर्न र सहयोगी गरी १८ जनाको टोली खटिएको थियो ।

‘हामीले लक्ष्मीनिया र मडर गरी दुई ठाँउमा सिविर सञ्चालन गरेका हौँ । दुई ठाँउमा गरी करीब ३ हजारलाई स्वास्थ्य सेवा दिइयो । परीक्षण गराउन आउनेहरमा लुतो, घाउ खटिरा, दाद लगायत छालासम्वन्धी रोग, ढाड दुख्ने रोग, हाइपरटेन्सन, पायल्स लगायतका रोगहरु देखा परयो,’ डा. गैरेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *