जाजरकोट जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

जाजरकोट, २३ साउन । यहाँको जिल्ला प्रशासन कार्यालयमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ।

दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो ।

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने प्रशासनमा यो कार्यले थप प्रशासन र जनसाधारणबीच सम्बन्ध सुमधुर हुने उनले विश्वास व्यक्त गरे ।

यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमालाई बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो । आजै आठ जना आमाले स्तनपान कक्षमा गएर सुविधाजनक तरिकाले स्तनपान गराएका छन् । यो सिको अन्य कार्यालयले पनि गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *