स्वास्थ्य मन्त्रालयद्धारा नवौँ र दशौँ तहका २६० जना चिकित्सकको पदस्थापन

काठमाडौँ, २२ साउन । कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ र दशौँ तहका चिकित्सकहरुको पदस्थापन गरेको बताएको छ ।

मन्त्रालयले गत २० साउनको सचिवस्तरीय निर्णय अनुसार नवौँ र दशौँ गरी २६० जना चिकित्सकको पदस्थापन गरेको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए ।

उनले पदस्थापन भएका कर्मचारीको विवरण वेवसाइटमा राख्ने तयारी रहेको भन्दै पदस्थापनको पत्र भने सम्वन्धित सम्वन्धित व्यक्तिको कार्यालयमै पुग्ने बताए ।

निकै ढिलो शुरु भएको स्वास्थ्यको समायोजन र पदस्थापनको कार्यलय पछिल्लो समय केही गति बढाएको देखिएको छ ।

२७ हजार बढी कर्मचारीको पदस्थापन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले अहिलेसम्म एक तिहाई भन्दा केही बढीको पदस्थापन पत्र पठाएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *