मुख्यमन्त्री, प्रमुख सचेतक र मुख्य न्यायाधीवक्ताद्धारा एक साथ दन्त परीक्षण

पोखरा, २२ साउन ।  गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, नेकपाका गण्डकी प्रदेश सभा प्रमुख सचेतक मायानाथ अधिकारी र मुख्य न्यायाधीवक्ता डा राजेन्द्र घिमिरेले एक साथ दन्त परीक्षण गराएका छन् । सोमबार कान्तिपुर डेन्टल अस्पतालमा पुगेर उनीहरुले दन्त परीक्षण गराएका हुन् ।

उनीहरुलाई अस्पतालमा डा उज्वल कोइराला, डा जुनि गुरुङ र डा अञ्जल विसीको टोलीले दन्त परीक्षण गरेका हुन् । सो क्रममा मुख्यमन्त्री गुरुङको दाँतको उपचार समेत भएको थियो ।

‘यो नियमित रुपमा गरिने मुख तथा दन्त स्वास्थ्य परीक्षण हो । वहाँहरुले त्यहाँ पुगेर दाँत सफा गर्नुभयो । केहीको दाँतको उपचार समेत भएको थियो,’ डा बुद्धिमान श्रेष्ठले भने ।

काठमाडौँस्थित  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको शाखाको रुपमा पोखरामा स्थापित कान्तिपुर डेन्टल हस्पिटलले यस क्षेत्रमा मुख तथा दन्त स्वास्थ्यमा उत्कृष्ठ सेवा दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *