काङ्ग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

1.3k
Shares
तस्बिर : कृष्ण बानियाको फेसबुकबाट

काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए ।  चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार-पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *