राष्ट्रिय प्रत्यारोपण केन्द्रद्धारा दक्षिणकालीमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २० साउन । भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा गत शनिबार दक्षिणकालीमा निशुल्क मुटु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दक्षिणकाली नगरपालिकाको आयोजनामा भएको उक्त शिविरमा २९८ जनाको मुटुजाँच गरिएको थियो ।

प्रत्यारोपण केन्द्रका कार्डियोलोजिष्ट डा किशनकुमार कुसवाहको नेतृत्वमा गएको टोलीले ११० जनाको मधुमेह परीक्षण, ६६ जनाको इसिजि र ३४ जनाको इको गरेको थियो ।

टोलीमाडा.विनय कुमार अधिकारी, डा.सुमन्त बन्जाडे लगायत २२ जना चिकित्सक तथा प्रविधिकहरु सम्लग्न थिए । टोलीको संयोजन उपसचिव टीकाराम ज्ञवालीले गरेका थिए ।

परीक्षणका क्रममा दुई जनाको मुटु सम्बन्धी वाथ रोग भएको पाईएको थियो भने १३ जना मधुमेहका नयाँ बिरामी फेला परेका थिए ।

शिविरको समापन समाहरोहमा नगर प्रमुख मोहन बस्नेतले विदाको दिनमा पनि मानव सेवामा खटिएको भन्दै चिकित्सक तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेका थिए । उनले भविश्यमा पनि यस किसिमका कार्यक्रम संचालन गर्ने प्रतिवद्धता प्रकट गरे ।

उनले प्रत्यारोपण केन्द्रले मिर्गौला रोगको क्षेत्रमा विशिष्ट सेवा दिँदै आएको भनि प्रशंसा गर्दै भविश्यमा दक्षिणाकाली नगरपालिकामा हेमोडायलाइसिस सेवा संचालन गर्न आवश्यक सहयोग गर्न समेत अनुरोध गरे ।

सोही समाहरोहमा केन्द्रको तर्फवाट उपसचिव ज्ञावली र डा. किसन कुसवाहले मष्तिस्क मृत्यु पश्चात हुने अंगदान र अंग फेल हुनबाट बच्नको लागि नियमित व्यायम गर्नुपर्ने र खानपानमा विशेष ध्यान दिनु पर्ने कुरा बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *