समायोजन पक्षपातपूर्ण भयो भन्दै नेकपा निकट स्वास्थ्यकर्मीले गराए सुवास नेम्वाङको ध्यानाकर्षण

काठमाडौ, १९ साउन । समायोजनमा पक्षपातपूर्ण व्यवहार गरिएको भन्दै नेकपा निकट स्वास्थ्यकर्मीहरुले पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा अध्यक्ष भक्तिमान सुब्बाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले स्वास्थ्यको समायोजनको बारेमा उप नेता नेम्वाङको ध्यानाकर्षण गराएका हुन् ।

‘नेकपाको नेतृत्वमा सरकार छ तर स्वास्थ्यको समायोजनमा नेकपा निकट स्वास्थ्यकर्मीहरुलाई विभिन्न वहानामा दुख दिने काम भएको छ । राजनीतिक आस्थाका आधारमा छानी छानी हाम्रा स्वास्थ्यकर्मीहरुलाई पक्षपातपूर्ण गतिविधि भएको छ । त्यसको जानकारी गराउन पुगेका थियौँ,’ संघका उपमहासचिव विष्णु फुयालले भने ।

नेता नेम्वाङ उनीहरुले समायोजनको मर्म विपरित हुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपयको समायोजन र पदस्थापन गरेको, सहज रुपमा हुनुपर्ने काममा अनेक बाहना गरी दुख दिने गरेको लगायतका आरोप लगाएका थिए ।

सो क्रममा नेता नेम्वाङले समायोजनको विषयमा आफू गम्भीर रहेको भन्दै पक्षपात पूर्ण व्यवहार हुन नदिने आश्वासन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *