विराटनगर महानगरमा शुरु भयो ‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम

96
Shares
महानगरले उपलव्ध गराएको पोषणभत्ता बुझ्दै १०१ बर्षीय नारायणप्रसाद रेग्मी

मोरङ, १४ साउन । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।

महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेत घरमै पुगेर ज्येष्ठ नागरिक रेग्मीलाई भत्ता प्रदान गरेका थिए । सो अवसरमा सँगै गएका चिकित्सकले रेग्मीको स्वास्थ्य परीक्षणसमेत गरेका थिए ।

यस्तै महानगरका प्रमुखको टोलीले वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराएका थिए ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक रु एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट रु १२ हजार प्रदान गरेकोे हो ।

महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले उहाँहरुको दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान शुरु गरिएको बताए ।

चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पु¥याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उनले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने जानकारी दिए ।

विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका एक हजार २४६ ज्येष्ठ नागरिकहरुको बसोबास छ । आजै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा ८४ वर्ष उमेर नाघेका तीन ज्येष्ठ नागरिकलाई पोषण भत्ता वितरण गरिएकोे थियो । यस्तै वडा नं ३ का ७० ज्येष्ठ नागरिकलाई पनि आजै पोषण भत्ता वितरण गरिएको थियोे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *