स्वास्थ्य शिक्षाका जनस्वास्थ्य अधिकृत गुप्ता एक लाख घुस लिँदा लिँदै पक्राउ

काठमाडौँ, १३ साउन । सेवाग्राहीसंग घुस लिएको आरोपमा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत (सातौं तह) राम अवतार गुप्ता पक्राउ परेका छन् ।

उनी आज दिउसो बबरमहल स्थित बन विभागको परिसरबाट एक लाख घुस रकम सहित पक्राउ परेका हुन् ।

गुप्ताले सेवाग्राहीसँग जनचेतनामुलक सामग्रिहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस माग गरीरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले स्टिङ अप्रेसन गरेको थियो । सोही अप्रेशनमा गुप्ता नगद एक लाख सहित पक्राउ परेका हुन् ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *