नेपाल स्वास्थ्यकर्मी संघको सातौँ महाधिवेशन आगामी कात्तिकको २२ र २३ गते

काठमाडौँ, ११ साउन । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को सातौं महाधिवेशन आगामी कात्तिकमा मा हुने भएको छ । गत ४ साउनमा बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले सातौं राष्ट्रिय (संघीय) महाधिवेशन आगामी २२ र २३ कात्तिकमा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध हेपोनले स्थानीय र प्रतिष्ठान ,जिल्ला र प्रदेश भरको आफ्नो अधिवेशन सम्पन्न गरी त्यसबाट चुनिएर आएका प्रतिनिधि स्वास्थ्यकर्मीहरुको उपस्थितिमा महाधिवेशन काठमाडौंमा हुने संघका केन्द्रीय महासचिव दिपक मुडभरीले जानकारी दिए ।

बैठकले संघका सह अध्यक्ष कृष्णप्रसाद नागिलाको संयोजकत्वमा १० सदस्यीय निर्वाचन तयारी समिति समेत गठन गरेको छ ।

महासचिव मुडभरीका अनुसार यस पटकको अधिवेशनमा सेवाग्राहीलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलव्ध गराउने, स्वास्थ्यकर्मीको बृत्तिविकास, पेशागत हकहित, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको न्यूनतम सेवा सुविधाको ग्यारेन्टि लगायतका विषयमा व्यापक छलफल हुनेछ ।

संघीय संरचना र स्वास्थ्यकर्मीको समायोजनले समग्र स्वास्थ्य क्षेत्र नै प्रभावित भइरहेको सन्दर्भमा हुन लागेको यो अधिवेशनले पछिल्लो परिस्थिति र यसको सहज निकासका बारेमा समेत छलफल हुने बताइएको छ ।

विसं २०४८ सालमा स्थापना भएको यो संस्थाका संस्थापक अध्यक्ष डा चोपलाल भुसाल हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *