तिलगंगा आँखा अस्पताल बन्यो विश्व स्वास्थ्य संगठनको ‘समन्वय केन्द्र’
काठमाडौँ, ६ साउन । आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गरेवापत तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लूएचो) ले आफ्नो समन्वयन केन्द्रको मान्यता दिएको छ । अस्पतालको २५ औं बार्षिकोत्सवको अवसरमा सोमबार डब्लूएचओले यस्तो मान्यता दिएको हो ।
यो संगै नेपालका दुईवटा स्वास्थ्य संस्था विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रका रुपमा गनिएका छन् । यस अघि डब्लूएचोले सार्क क्षयरोग केन्द्रलाई समन्वयन केन्द्रको घोषणा गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको सोमबारको विशेष समारोहमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भेन्डिलियरले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलाई समन्वय केन्द्रको प्रमाणपत्र प्रदान गरे।
आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान पु¥याएको योगदानको आधारमो सो मान्यता दिएको डा जोशले बताए ।
तिलगंगाले २५ वर्षको अवधिमा झन्डै ५० लाख बढी लेन्स उत्पादन गरिसकेको छ । जो ७० भन्दा बढी देशमा वितरण गर्र्दै आइरहेको छ । सुरुमा प्रत्येक दिन २ सय उत्पादन हुँदैं आएकोमा हाल त्यो बढेर १८ सय पुगेको छ ।
उत्पादित आइएलओ मान्यताप्राप्त लेन्स विश्वका ७० भन्दा बढी देशहरुमा पुगिसकेको अस्पतालले जानकारी दियो। हालसम्म तिलगंगाले ६० लाखभन्दा बढीलाई आँखासम्बन्धी सेवा दिइसकेको छ। जसमध्ये अत्याधुनिक प्रविधिबाट मोतिविन्दुको साथै अन्य शल्यक्रियाबाट ४ लाख बढीको आँखाको गुमिसकेको ज्योति फर्काएको छ ।
प्रधानमन्त्री ओली भन्छन् : आखाँ स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी
अस्पतालको २५ वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयमानै नेपालमा आखाँ उपचारको क्षेत्रमा अन्तराष्ट्रिय सफलता पाउनु नेपालको आखाँ स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धी भएको बताएका छन्।
उनले भने ‘ छोटो समयमा यति ठूलो सफलता पाएर आखाँ स्वास्थ्यको क्षेत्रमा अन्तराष्ट्रिय सफलता पाउनु हाम्रो लागि गौरवको कुरा हो।‘ साथै प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको समेत बताए। प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा डा सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए।
उनले भने ‘डा रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ। त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना।’
डा रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ।
तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरै ले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने समेत प्रम ओलीले बताए।
यस्तै कार्यक्रमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अन्धोपन निवारणका लागि स्वास्थ्य मन्त्रालय सधैं तत्पर भएर लाग्ने बताए।
सम्पर्क इमेल : [email protected]