चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान, पुरानो दरखास्त रद्ध

296
Shares

काठमाडौँ, १ साउन । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको  उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान गरेको छ। पुरानो दरखास्त अयोग्य भन्दै उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले यसअघि आवेदन हालेका ६ जनाको दरखास्त रद्ध गरेको हो।

नयाँ सूचना अनुसार सिफारिस समितिले असार ९ गते पहिलो पटक आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । जसमा उपाध्यक्षमा दरखास्त आव्हान गर्नका लागि ६१ वर्ष ननाघेको हुनुपर्ने सीमा निर्धारण गरिएको थियो । तर, पुनः आव्हान गरिएको दरखास्तमा ४५ वर्ष पूरा भै ६५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

यसअघि आवेदन दिनेमा गौरिबहादुर कार्की आयोगले दोषि ठहर गरेर कारबाही सिफारिस गरेका डा. निलमणि उपाध्याय पनि थिए। यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स०)का पूर्व रेक्टार डा.प्रमोद शर्मा, डा.श्रीकृष्ण गिरी, डा. प्रमोद शर्मा, डा. पारस पोखरेल, डा.  निलाम्बर झा र डा. रमेश सिंहले पनि आवेदन दिएका थिए ।

हेर्नुहोस पूरा सूचना

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *