सूचना केन्द्रका निर्देशक सुनिल शर्मालाई सूर्ति नियन्त्रण गर्न विशेष जिम्मेवारी

624
Shares
सुनील शर्मा

काठमाडौँ, १६ असार । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा पदस्थापन भएर पनि मन्त्रालय तानिएका निर्देशक सुनिल शर्माले विशेष जिम्मेवारी पाउने भएका छन् ।

मन्त्रालयले उनलाई सूर्ति नियन्त्रण सम्वन्धी कार्य गर्नका लागि विशेष जिम्मेवारी दिन लागेको हो ।

मन्त्रालयका सहसचिव जनार्दन गुरागाईले सूर्तिजन्य पदार्थ नियमन तथा नियमन्त्रण सम्वन्धी कार्य गर्न स्वास्थ्य मन्त्रालयमा विशेष ‘वीङ’ स्थापना गर्न लागेको र त्यसको ‘फोकल पर्सन’को रुपमा शर्मालाई जिम्मेवारी दिइन लागिएको बताए ।

शर्मालाई मन्त्रालयमा तानेसंगै सूचना केन्द्रको प्रमुखको जिम्मेवारी स्वास्थ्य शिक्षा प्रशासक कुन्जप्रसाद जोशीले पाएका छन् । मन्त्रालयले उनलाई निमित्त प्रमुखको रुपमा कार्य गर्ने गरी अख्तियारी दिएको छ ।

सूर्ति नियन्त्रण सम्वन्धी कानून बनाउन नेपाल अगुवा भएपनि कार्यान्वनयमा भने निकै फितलो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *