विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ६३ प्रतिशत उत्तीर्ण
काठमाडौँ, १४ असार । नेपाल मेडिकल काउन्सिलले पोष्टग्राजुएट्स तह (पीजी) अध्ययन पुरा गरेका चिकित्सकहरुको नाम दर्ता विशेष परीक्षा (लाइसेन्स) मा ६३ प्रतिशत उत्तीर्ण भएका छन् ।
नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान स्वयंम्भूमा दिउसो १ बजे देखि ३ बजेसम्म भएको विशेष परीक्षामा सहभागी ३४२ जनामध्ये २१७ जना उत्तीर्ण भएका हुन् ।परीक्षामा १२५ जना अनुत्तीर्ण भएको काउन्सिल प्रवक्ता प्राडा ढुण्डी पौडेलले बताए ।
उनका अनुसार आजको परीक्षाका लागि फारम भरेका ३ जना भने अनुपस्थित भए ।
आजको परीक्षामा विभिन्न ३८ विषयमा पीजी उत्तीर्ण गरेका चिकित्सकहरु सहभागी थिए ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



