स्वास्थ्यको समायोजन : एघारौँ तहका कर्मचारीको समायोजन पत्र वितरण
काठमाडौँ, १३ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको सूचीको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट एघारौँ तह (सहसचिव)का कर्मचारीको समायोजन पत्र वितरण शुरु गरेको छ ।
समायोजनको सूचीमा कुल १५७ जना रहेपनि दुई जना अवकाश र दुई जना राजिनामा दिएका बाहेकका १५३ जनाको पत्र वितरण थालिएको सहसचिव जनार्दन गुरागाँईले बताए ।
उनले भने, ‘उपत्यका बाहिर रहेकाहरुको पत्र डिसप्याच गरिसकिएको छ । उपत्यकामै रहेकाहरुको पनि पत्र वितरण शुरु हुँदैछ । अब वेवसाइटमा समेत राखिदैछ ।’
निर्णय भइसकेर पनि सूची उपलव्ध गराउन ढिलाई गरेपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत बुधबार मुख्य सचिव लोकदर्शन रेग्मी र सामान्य सचिव यादव कोइरालालाई मन्त्रालयमा बोलाएर कडा निर्देशन दिएका थिए । निर्देशन पाएसंगै सामान्यले हिजो नै स्वास्थ्यमा सूची पठाएको थियो ।
सम्पर्क इमेल : [email protected]