पञ्चामृतमा रेबिज लागेको गाईको दुध मिसिएपछि…..

2.8k
Shares
रेबिज विरुद्धको सुई लगाउन भन्दै आएका स्थानीय रेबिज सम्वन्धी उपचार प्रोटोकल खिच्दै

काठमाडौँ, २ असार । टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार दिउसो एउटै टोलबाट ६० जना भन्दा बढी व्यक्ति ‘रेविज बिरुद्धको सुई लगाइदिनुहोस’ भन्दै आत्तिदै आए । एकै टोलका हौँ भन्दै हुलका हुल मानिसहरु रेबिज बिरुद्ध सुई लगाउँन आएपछि डिउटीमा रहेका बरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन समेत आत्तिए ।

उनले ढिलो नगरी केश बुझे । त्यसपछि पछि थाह भयो बास्तविकता । 

काठमाडौँ नेपालटारका उनीहरु रेबिज लागेको गाईको दुध खाएको भन्दै रेबिज विरुद्धको सुई लगाउन आएका रहेछन् ।

भएको के रहेछ भने गत २९ जेठमा स्थानीय केदार ढुंगानाको घरमा ब्रतबन्ध रहेछ । सो ब्रतबन्धमा प्रसादको रुपमा तयार पारिएको पञ्चाअमृतमा प्रयोग भएको दुध र पूजाको मण्डप तयार पार्दा प्रयोग गरेको गोबर दिने गाई तीन दिनपछि अर्थात ३२ जेठमा मरेछ ।

उता पशुचिकित्सकले गाई मर्नुको कारण रेबिज रोग हो भनेछन् । तीन दिन अघि प्रयोग भएको दुध र गोबर रेबिज लागेको गाईको भएको पत्तो पाएपछि ब्रतबन्धमा सहभागीहरु सबै सुई लगाउन भन्दै आएका रहेछन् ।

‘त्यसदिन पञ्चामृत खाने त २०० भन्दा बढी थिए । तर सबै हिजो आउन भ्याएनन्, पछि डाक्टरले पनि सुई लगाउन पर्दैन भन्नु भएछ । नत्र त टोलभरी नै त्रादशी छाएको थियो,’ सुई लगाउन पर्छ कि पर्दैन भन्दै शुक्रराज हस्पिटलमा बुझ्न आएका नेपालटारका हरिप्रसाद पराजुलीले भने ।

डा पुनले नेपालटारबाट आएका स्थानीयलाई सूई लगाउन नपर्ने भनेर फर्काईदिए । ‘रेविज रोगको उपचारबारेमा नेपाल सरकारले प्रोटोकल नै बनाएको छ । त्यसमा रेविज लागेको जनावरको दुध खाएमा पनि सुई लगाउन नपर्ने भन्ने स्पष्ट उल्लेख छ,’उनले भने ।

सुई लगाउन परयो भन्दै आत्तिदै आएका टोलवासीलाई हिजो काउन्सिलिङ गरेपछि उनीहरु फर्किएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *