एमबीबीएस चौथो बर्षका विद्यार्थी खनाल पुष्पलाल पार्कमा मृत फेला

4.3k
Shares

काठमाडौँ, २५ जेठ । काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी शिशिर खनाल हराएको आठ दिनपछि मृत फेला परेका छन्। गत जेठ १७ गतेदेखि हराएका थिए । प्रहरीले शनिबार अपरान्ह कीर्तिपुरको जंगलमा उनको शब फेला पारेको हो ।

अर्घाखाँची स्थायी घर भएका खनाल कोटेश्वरमा बस्ने गर्दथे । हराएको खबर आउनासाथ खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेको थियो। मोटरसाइकल भेटिए पनि उनको पत्तो प्रहरीले पाउन सकेको थिएन।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले मृत भेटिएका खनालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको बताए ।

खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। उनको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *