नेपालमा चिकित्सक : मेडिकलमा पुरुष, डेन्टलमा महिलाको वर्चश्व

काठमाडौँ, १३ जेठ । गत फागुन सम्मको तथ्यांक जोड्दा नेपालमा हालसम्म मेडिकल र डेन्टल तर्फका गरी कुल २३ हजार ७५१ नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता भएका छन् ।

चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको मात्रै तथ्यांक हेर्दा मेडिकल र डेन्टल गरी २ हजार ३३८ जना चिकित्सक मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण गरेको अर्थ मन्त्रालयले तयार पारेको चालु आर्थिक बर्षको आर्थिक सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षणका अनुसार हालसम्म काउन्सिलमा दर्ता भएका २३ हजार ७५१ जना चिकित्सक मध्ये मेडिकल तर्फ २१ हजार ३३ जना र डेन्टल तर्फ २ हजार ७१८ जना छन् ।

त्यस्तै चालु आर्थिक बर्षको पछिल्लो आठ महिनामा मेडिकल तर्फ १ हजार ९६४ जना र डेन्टल तर्फ ३७४ जनाले आफूलाई चिकित्सकको दर्जामा उभ्याएका छन् ।

मेडिकलमा पुरुष डेन्टलमा महिलाको वर्चश्व
सर्भेक्षणको तथ्यांक अनुसार नेपालमा मेडिकल तर्फ पुरुष चिकित्सकको बर्चश्व रहेको छ तर डेन्टल तर्फ पुरुषको तुलनामा महिलाको संख्या निकै माथि छ ।

मेडिकल काउन्सिलको प्रतिवेदनलाई उल्लेख गर्दै सर्भेक्षणले भन्छ, ‘हालसम्म दर्ता भएका मेडिलक तर्फका २१ हजार ३३ जना चिकित्सक मध्ये महिलाको संख्या ६ हजार ९०७ जना अर्थात ठ्याक्कै ३३ प्रतिशत रहेको छ । मेडिकल तर्फ पुरुष चिकित्सकको संख्या १४ हजार १२६ पुगेको छ । यो भनेको कुल चिकित्सक संख्याको ६७ प्रतिशत रहेको हो ।’

चालु आर्थिक बर्षमा मेडिकल तर्फबाट चिकित्सक लाइसेन्स परीक्षा उत्तीर्ण गरेका १ हजारको ९६४ जनाको विवरण केलाउँदा पनि पुरुषको संख्या १ हजार २७४ अर्थात ६५ प्रतिशत रहेको छ । मेडिकल तर्फ यो बर्ष लाइसेन्स पास गर्ने महिला चिकित्सकको संख्या ६९० अर्थात कुल संख्याको ३५ प्रतिशत मात्रै छ ।

तर, डेन्टल तर्फ भने महिला र पुरुषको ग्राफ ठ्याक्कै उल्टो देखिएको छ । काउन्सिलमा हालसम्म दर्ता कुल २ हजार ७१८ दन्त चिकित्सकमध्ये १ हजार ७१७ जना अर्थात ६३ प्रतिशत महिला रहेका छन् । पुरुषको संख्या भने ९९९ जना अर्थात ३७ प्रतिशत मात्रै रहेको छ ।

चालु आर्थिक बर्षकै तथ्यांक हेर्दा महिलाको बर्चश्व अझ बढेको देखिन्छ । चालु आर्थिक बर्षमा ३७४ जना दन्त चिकित्सक काउन्सिलको लाइसेन्स परीक्षा पास गरे जसमध्ये ७४ प्रतिशत अर्थात २७५ जना महिला थिए । पुरुष भने २६ प्रतिशत अर्थात ९९ जना मात्रै ।

नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य डा कृष्ण अधिकारी डेन्टल तर्फ महिला बढी हुनुमा रुचीको विषय नै पहिलो कारक भएको ठान्छन् । उनी भन्छन्, ‘पहिलो कारण त रुची नै हो । दोस्रो भनेको डेन्टलमा इमरजेन्सी कम हुन्छ तर आम्दानी सम्मान जनक छ । जति जे भने पनि बाल बच्चा घर व्यवहारले गर्दा अहिले पनि कतिपय महिलाहरुलाई रातीमा निस्कन गाह्रो हुन्छ । मेडिकलमा जस्तो डेन्टलमा त्यति धेरै इमरजेन्सी पर्दैन पनि । त्यसैले बढी संख्या भएको हो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *