भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेन बने डा. विश्वबन्धु बगाले
काठमाडौँ, १ जेठ । चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेनको जिम्मेवारी डा. विश्ववन्धु बगालेले पाएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई सो जिम्मेवारी दिएका हुन् ।
बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका डा बगाले मे सु समूहका १० औँ तहका चिकित्सक हुन् ।
मन्त्री यादवले आठ महिना अघि मात्रै सो अस्पतालको मेसुमा वरिष्ठ हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा. कृष्ण पौडेललाई नियुक्ति गरेका थिए ।
त्यसअघि सो अस्पतालको जिम्मेवारी डा रविन खड्काले पाएका थिए । मेसु भएको चार महिनामै डा. खड्कालाई हटाएर मन्त्री यादवले पौडेललाई सो जिम्मेवारी दिएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



