भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेन बने डा. विश्वबन्धु बगाले

काठमाडौँ, १ जेठ । चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेनको जिम्मेवारी डा. विश्ववन्धु बगालेले पाएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई सो जिम्मेवारी दिएका हुन् ।

बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका डा बगाले मे सु समूहका १० औँ तहका चिकित्सक हुन् ।

मन्त्री यादवले आठ महिना अघि मात्रै सो अस्पतालको मेसुमा वरिष्ठ हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा. कृष्ण पौडेललाई नियुक्ति गरेका थिए ।

त्यसअघि सो अस्पतालको जिम्मेवारी डा रविन खड्काले पाएका थिए । मेसु भएको चार महिनामै डा. खड्कालाई हटाएर मन्त्री यादवले पौडेललाई सो जिम्मेवारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *