के कारणले हुन्छ बच्चाहरुमा यस्तो घाउ खटिरा ? जोगाउने कसरी ?

– डा. कृष्णप्रसाद पौडेल, बरिष्ठ बालरोग विशेषज्ञ

सामान्यतया Entero भाइरसहरु बिशेषगरि Coxsackie भाइरस A16 तथा Entero भाइरस ७१ को संक्रमणले बच्चाहरुमा यस्तो समस्या देखा पर्छ । पोलियो Echo हरु पनि Entero भाइरस अन्तर्गत पदर्छन् ।f3

लक्षणहरु :

सामान्यतया १० वर्ष मुनिका बालबालिकाहरुमा यस्तो समस्या देखा पर्छ । अझ ५ बर्ष मुनिका बच्चाहरमा यो बढी देखिन्छ । तर कहिलेकाही बयस्कहरुमा पनि यो समस्या देखापर्न सक्छ ।

बालबालिका हरुमा ज्वोरो आउनु, लोसो हुनु, कम खाना खानु,घाटी तथा सुरुमा रातो बिमिराबाट सुरु भै पानी भरिएका  जस्तो हुनु वा पानी र पिप जस्तो भरेका मुखमा सोर ((SORE),),अल्सर(ULCER) वा घाउहरु देखा पर्नु र केहि दिनमा खुट्टाको पैताला तथा हत्केलामा पनि त्यस्तै देखिन्छ । कैले काही यो मलद्वारको वरिपरि तथा घुडा तथा कुहिना एबम प्रजनन् अंगतिर पनि देखिन सक्छ ।

बालबालिक हरु दुखाईको कारणले झगडा गर्ने, रुने वा झिन्झिने हुन सक्छन ।  साथै चिलाए जस्तो पनि गर्न सक्छन।

जटिलताहरु :

साना बच्चाहरुमा मुख वा घाटी को समस्याले गर्दाकेहि खुवाउन नसकिने वा निल्न नसक्ने समस्याले  जल बिनियोजन हुनसक्छ ।
कहिले काही तर धेरै बिरलै meningitis वा encephalitis हुनपनि सक्छ ।

f2

कसरी सर्छ ?

संक्रमित बालबालिकाको सिगान र्याल खकार तथा शरीरको अन्य भागबाट निस्कने तरल पदार्थबाट यो एक अर्कामा सर्ने गर्छ । जो यो रोगबाट संक्रमित छ उसको नजिक बस्ने अन्य साथीलाई पनि यो समस्या हुनसक्छ ।

यतिवेला काठमाडौँ उपत्यकाका विभिन्न भागमा यसको संक्रमण फैलिएको छ । विभिन्न विद्यालयका बालबालिकाहरु यो समस्यामा परेको देखिएको छ ।

कसरी बच्ने ?
यो रोगको संक्रमणबाट बच्ने उचित उपाय भनेकै सरसफाईमा ध्यान दिनु हो । विशेषगरी विरामी बालबालिकाको संसर्गमा आएपछि सावुनपानीले हात धुने तथा विरामी बालबालिकाले प्रयोग गर्र्ने रुपमालको प्रयोग नगरेर पनि जोगिन सकिन्छ ।

उपचार तथा ध्यान दिनु पर्ने कुरा :

सामान्यतया यो समस्या एक हप्तामा सन्चो हुन्छ । तर बालबालिकालाई केही खुवाउन नसकेको अवस्थामा वा जलविनियोजन भएको अवस्थामा अस्पतालमा भर्ना गर्नुपनि पर्न सक्छ ।

यो रोगको निश्चित उपचार विधि नभएकोले लक्षण अनुसार ज्वरो वा दुखाई कम गर्न प्यारासिटामोल वा आवश्यकता अनुसार मुख भित्र लगाउन मिल्ने एन्टिसेप्टीक जेल प्रयोग गर्न सकिन्छ ।f1

तातो पिरो नुनिलोे खुवाउदा मुखमा पोल्ने भएकोले मनतातो वा सेलाएको दुध नरम खाना जस्तै केरा जाउलो नरम वा भिजाएको पाउरोटी वा बिस्कुट खुवाउन सकिन्छ । साथै झोलिलो कुराहरु सुईरोले खुवाउन पनि सकिन्छ ।

केही खुवाउन सकिएन र बच्चाको पिसाव कम भयो भने वा अलि लठिएजस्तो भएमा अस्पताल वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *