कर्मचारी समायोजन निर्देशक समितिको बैठक : स्वास्थ्यको विषयले प्रवेश नै पाएन

काठमाडौँ, ४ बैशाख । समायोजनमा देखिएका समस्याका बारेमा छलफल गर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेको कर्मचारी समायोजन निर्देशक समितिको बैठकमा स्वास्थ्यको विषयले प्रवेश नै पाएन । सामान्यले स्वास्थ्यको समस्या अरु मन्त्रालयको भन्दा अलिक नै जटिल भएको भन्दै अर्को साता बस्ने बैठकमा विशेष छलफल गर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले मंगलबार ( हिजो)को बैठकमा स्वास्थ्यको विषयमा कुनै कुरा नभएको बताए । उनका अनुसार आगामी साता बस्ने अर्को बैठकमा स्वास्थ्यको समायोजन समस्याका बारेमा विस्तृत छलफल गर्ने गरी हिजोको बैठकमा कुरा नभएको हो ।

‘अरु मन्त्रालयको भन्दा स्वास्थ्यको समस्या अलि जटिल नै छ । त्यसैले पनि यसलाई अलि बिशेष रुपमा अध्ययन गरी समाधान गर्नुपर्छ भन्ने बुझाई रहयो । त्यसैले हिजोको बैठकमा छलफल नै भएन,’ उनले भने ।

हिजोको बैठकमा मन्त्रालयगत विवरण सार्वजनिक गर्दा स्वास्थ्यको समायोजन भएकामध्ये एक तिहाई बढीको गुनासो आइसकेको बताइएको थियो । सामान्यले स्वास्थ्यमा २७ हजार बढी बढीको समायोजन गरेको थियो । त्यस हिसावले करीब ९ हजार बढीको निवेदन परेको बुझ्न सकिन्छ ।

स्वास्थ्यको समायोजनमा सफ्टवेरले गर्दा बढी गडबढी गरेको सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरुले बताउँदै आएका छन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने छलफल केन्द्रीत हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *