अस्पतालका लागि खरीद गरिएका करोडौँका उपकरण किन सञ्चालनमा ल्याइएन ?
काठमाडौँ, २ बैशाख । स्वास्थ्य सेवा प्रवाहका लागि भन्दै खरीद भएका करोडौँ रुपैयाँ मूल्यका मेसिनरी तथा उपकरणहरु सरकारी स्वास्थ्य संस्थामा प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा रहेका ती उपकरणहरु प्रयोगमा नआउँदा उपचार सेवामा समेत असर परेको देखिन्छ ।
गत शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको छपन्नौँ बार्षिक प्रतिवेदनले खरीद भएका उपकरणहरु प्रयोगमा नआउँदा खरीदका लागि भएको खर्च समेत उपलब्धिविहीन भएको निस्कर्ष निकालेको छ ।
उसले प्रतिवेदनमा मेसिनरी तथा उपकरण खरीद गरिहाल्ने तर विशेषज्ञ र पूर्वाधार छैन भनेर त्यत्तिकै थन्क्याएर राख्ने परिपाटीको विकास भएको उल्लेख गरेको छ ।
यस्तो छ प्रतिवेदन



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



