सरकारी चिकित्सक संघको आन्दोलनमा नेपाल चिकित्सक संघको समर्थन

424
Shares


काठमाडौँ, २१ चैत । सरकारी चिकित्सक संघ (गोदान) को आन्दोलनमा नेपाल चिकित्सक संघले समर्थन जनाएको छ ।

गोदानले हिजो बुधबार आकस्मिक बैठक बोलाइ सरकारले सहमति विपरीत समायोजन गरिएको भन्दै शुक्रबारदेखि देशब्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

संघले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सरकारी चिकित्सकहरुको समायोजन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन भट्टराईले जारी गरेको विज्ञप्तिमा सरकारी चिकित्सकहरुका माग अबिलम्व सम्बोधन गर्न माग गरेका छन्।

‘सरकारको यस्तो कार्यले सेवामुखी पेशाप्रति चिकित्सकको मनोबल घटाउने भएकाले यथाशीघ्र सम्बोधन गर्न सरकारसमक्ष  माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *