झाडाबान्ता भएपछि शिक्षा मन्त्री पोखरेल पाटन अस्पतालमा भर्ना

फाइल तस्बिर

काठमाडौँ, ८ चैत । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएका छन् । उनलाई विहीबार अपरान्ह देखि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

त्यसअघि उनको नयाँ बानेश्वरस्थित भरोसा अस्पतालमा उपचार भएको थियो ।

झाडा बान्ता हुने क्रम बढेपछि उनलाई अस्पताल भर्ना गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

चिकित्सकहरुले ‘फुड पोइजनिङ’ भएको हुन सक्ने अनुमान गरेका छन् । मन्त्री पोखरेल केही दिन अघि सिन्धुपाल्चोकमा गएका थिए । त्यताबाट फर्के देखि नै समस्या देखिएको हो ।

‘बान्ता हुने पखला लाग्ने जस्ता समस्या देखियो । चिकित्सकले फुड पोइजनिङ हो कि भनेका छन् । यद्धपी आवश्यक सबै परीक्षण गराईएको छ,’ सचिवालय स्रोतले भन्यो ।

मन्त्री पोखरेल विहिबार विहान शिक्षा मन्त्रालयमा आयोजित त्रिवि उपकुलपति, विद्यार्थी संगठन मेडिकल कलेज सञ्चालकहरुबीचको बैठकमा सहभागी थिए । तर उनी पुरा समय बस्न सकेनन् ।

‘बैठक शुरु गर्दिएर उहाँ भरोसा अस्पताल जानु भएको हो । अपरान्हसम्म त्यहि रहनुभयो । पछि थप सहजताका लागि पाटन अस्पताल लगियो ।,’ स्रोतले भन्यो ।

अहिले स्वास्थ्यमा सुधार आएपनि कमजोरीका कारण केही दिन अस्पतालमा आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । ‘आज ( शुक्रबार) डिस्चार्ज हुने भन्ने थियो । तर चिकित्सकले केही दिन बस्न भनेका छन्,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *