विपी प्रतिष्ठानका उपकुलपति प्राडा रौनियारलाई हटाउने निर्णय कार्यान्वनय नगर्नू : सर्बोच्च

काठमाडौँ, ४ चैत ।  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश आदेश दिएको छ ।

सरकारले गत २६ फागुनमा प्रतिष्ठानका उपकुलपति प्राडा रौनियारलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
आफूलाई अन्यायपूर्ण तरिकाले पदमुक्त गरेको भन्दै प्राडा रौनियार आईतबार (हिजो ) सर्बोच्च पुगेका थिए । सर्बोच्चले उनको मुद्धामा आजै प्रारम्भिक सुनुवाई गरेको हो ।

न्यायधिस प्रकाशमानसिंह राउतको एकल इजलासले डा रौनियारलाई हटाउने निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । यस्तै अर्को निर्णय नभएसम्म पुरानै पदमा यथास्थितिमा राख्न आदेश दिएको छ ।

अदालतले सरकारलाई उपकुलतिबाट डा रौनियरालाई हटाउनुको लिखित कारणसहित छलफलका लागि पनि बोलाएको छ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते उनलाई उपकुलपतिबाट हटाउने निर्णय गरेका थिए। सोही निर्णय अनुसार प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई पदबाट हटाउने निर्णयको पत्र पठाएका थिए।

फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति (सिनेट) बैठकले सर्वसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय गरेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *