किन रोकियो न्याम्सको उपकुलपति नियुक्ति ?

काठमाडौँ, २९ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पद रिक्त भएको सात महिना सात दिन भएको छ । गत २३ साउनमा प्राडा गणेश गुरुङको पदावधी सो पद निमित्तको भरमा चलेको छ ।  अझै कति समय निमित्तको भरमा चल्ने हो एकीन भएको छैन ।

न्याम्सका सहकुलपति समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपकुलपतिका नियुक्तिका लागि नाम सिफारिस गरेको पाँच महिना नाघि सकेको छ । तर कुलपति रहेका प्रधानमन्त्रीले अहिलेसम्म सो सिफारिसको निर्णय गरेका छैनन् ।

भागवण्डा नमिलेको कि पर्खिएको ?
कुलपति रहेका प्रधानमन्त्री र सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री दुई फरक पार्टीबाट प्रतिनिधित्व गरेका व्यक्ति हुन् । यसको सिधा असर न्याम्सको उपकुलपति सहित पदाधिकारी भागवण्डामा परेको छ ।

ठुलो दलको हैसियतले देशकै सबैभन्दा ठूलो प्रतिष्ठान र जेठो अस्पतालमा आफू अनुकुलका व्यक्ति नियुक्ती गर्न प्रधानमन्त्री ओलीको चाहना प्रष्ठ देखिन्छ । तर, आफ्नो भागमा परेको मन्त्रालय अन्तरगर्तको निकायमा नियुक्ति अधिकार आफूमा नै निहीत हुनुपर्ने उपप्रधानमन्त्री उपेन्द्र यादवको स्पष्ट तर्क छ ।

सुरुवाती समयमा कुलपति र सहकुलपतिबीच यस्तै तर्क वितर्कले समय खाएको थियो । पछिल्लो समय उपकुलपति पदमा उपप्रधानमन्त्रीको चाहना बमोजिम प्राडा डीएन शाहलाई राख्ने भन्नेमा सहमति भएको बताइएको थियो । तर, अन्य पदमा कुरा नमिल्दा त्यो अघि बढेन ।

उपकुलपति उपप्रधानमन्त्री यादवलाई दिएर प्रधानमन्त्री ओलीले रेक्टर, रजिष्टार तथा वीर अस्पतालको निर्देशक लगायतका महत्वपूर्ण पद आफ्नो भागमा राख्न खोजेका थिए । तर त्यो प्रयास पुन रोकियो ।

मन्त्रिमण्डल पुर्नगठनसम्मका लागि पर्खिएको हो ?
यति लामो समयसम्म न्याम्सको पदाधिकारी नियुक्त नहुनु दुई तिहाई सरकारका लागि लज्जाको विषय हो । तर भएकै त्यहि छ ।
फरक दलबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री यादव आफ्नो सिफारिस यतिका समय झुलाउदा पनि रुष्ट देखिदैनन् ।

उनले न्याम्समा उपकुलपति छिटो नियुक्ती हुनुपरयो भनेर दवाव दिएको वा छलफल गरेको पनि सार्वजनिक भएको छैन् । यसले खेल अर्कै मोडमा पुगिसक्या हो भनी शंका गर्ने ठाँउ राखेको छ ।

कतिपयले न्याम्सको उपकुलपति नियुक्तीको विषय पछिल्लो समय मन्त्रिमण्डल पुर्न गठनको विषयसंग पनि जोडिएको छ अनुमान गरेका छन् । स्रोत भन्छ, ‘मन्त्रिमण्डल पुर्न गठन हुँदा उपप्रधानमन्त्री यादवले अहिलेको भन्दा महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने माग राखेका छन् । यदि उनको मागको सुनुवाई हुने अवस्था आयो भने र स्वास्थ्य नेकपाको भागमा परयो भने न्याम्सको नियुक्ती झन् झ्याउ हुने अवस्था हुन्छ भन्ने निस्कर्षमा बालुवाटार पुगेको छ ।’

उपप्रधानमन्त्री यादवले परराष्ट्र, अर्थ, गृह लगायतका मन्त्रालयमा आफ्नो लविङ चलाइरहेको स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *