अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा ‘क्यान्सर सर्भाइभर मिट’ सम्पन्न

काठमाडौँ, २५ माघ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले पाँचौ शुक्रबार “क्यान्सर सर्भाईभर मिट“ आयोजना गरेको छ ।

हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भएको कार्यक्रमको विषय “म आफु क्यान्सर सर्भाईभर भएर कसरी के कस्तो योगदान गर्न सक्छु?’ भन्ने थियो ।

पछिल्लो तथ्यांक अनुसार, संसारभर हरेक वर्ष करीब १ करोड ८० लाख मानिस क्यान्सर रोगको शिकार हुने गर्दछन् । ती मध्ये महिलाको संख्या ८५ लाख भएको बताइएको छ ।

तीमध्ये पनि जीवनको चौथौं र पाँचौं दशकमा उत्पादनशील जीवनयापन गरिरहेका महिलाहरुमा यो रोगको प्रभाव भयानक नै हुने गर्दछ।

यस्तो भयावह क्यान्सर रोगलाई जितेका मानिसहरुको बीच अनुभव आदनप्रदान गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

यस्तो कार्यक्रमले क्यान्सर रोगीलाई समाजमा पुनर्स्थापना गराउनका लागि क्यान्सर रोगीहरु, यसलाई जितेका सर्भाईभरहरु, तिनीहरुका परिवारका सदस्यहरु र सम्पूर्ण समाजलाई नै क्यान्सरको विरुद्धमा ऐक्यबद्ध गराउन मद्धत पुग्ने आयोजकले जनाएको छ ।

त्यसो त सुदिप्त क्यान्सर सर्भाईभर कार्यक्रमले हरेक महिना सर्भाईभर मिटको आयोजना गरिरहेको छ। यस महिनाको प्रसङ्ग “म आफु क्यान्सर सर्भाईभर भएर कसरि केकस्तो योगदान गर्न सक्छुरु“ थियो ।

आफ्नो क्यान्सर विजयीहरुबाट अनुभव साटासाट गर्दा अरु क्यान्सर बिजेताहरुमा समेत नयाँ उर्जा तरंगित हुने भएकाले यस्ता कार्यक्रमहरुको बिशेष महत्व हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ बताउछन् । उनी भन्छन, ‘क्यान्सर विजेताहरुबाट समयमै सहि उपचार गरेमा क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश जनमानसमा पुरयाउन सके निकै ठूलो उपलव्ध हुने थियो ।’

कार्यक्रममा प्रमुख अतिथि बनेकी धम्मावती गुरुआमा ले बिरामीको सेवा नै परमधर्म भएको बताइन । कुनै भगवानको मुर्तिलाई ढोगेर भन्दा पनि सेवा ले नै असली धर्मको पहिचान दिने भन्दै त्यस तर्फ लाग्न आग्रह गरीन ।

उनले आफु स्वयम् पनि एक क्यान्सर सर्भाईभर भएको र आफ्नो क्यान्सर उपचार भईरहँदा पनि क्यान्सर सर्भाईभरहरुको प्रोत्साहनले निकै सहयोग मिलेको उनले जानकारी दिइन ।

विशेष अतिथि अम्बिका श्रेष्ठले पनि क्यान्सर उन्मुलनमा महिलाहरुको भूमिका सार्है महत्वपुर्ण हुने बताइन ।

कार्यक्रममा “सुदिप्त क्यान्सर सर्भाईभर र्याम्प शो“ मा संलग्न २४ जना क्यान्सर सर्भाईभरहरुलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *