औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

नारायणप्रसाद ढकाल

काठमाडौँ, ५ फागुन । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्पष्टीकरण सोधेको छ । राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुखको नियुक्तिको विषयलाई लिएर मन्त्रालयले महानिर्देशक ढकाललाई स्पष्टीकरण सोधेको हो ।

ढकालले गत पुस ३० गते सिनियर डिभिजनल केमिष्ट शैलेस कुमार झालाई निमित्त प्रमुखमा नियुक्त गरेका थिए । झा १० औँ तहका कर्मचारी हुन् ।

स्वास्थ्य मन्त्रीका प्रेस संयोजक महेश चौरसियाले महानिर्देशक ढकाललाई स्पष्टीकरण सोधिएको पुष्टी गरे । ‘शुक्रबार पत्र काटिएको हो । आज उहाँ समक्ष पत्र पुगिसकेको छ, त्यसको भर्पाई मन्त्रालयमा आइसकेको छ,’ उनले भने ।

एघारौँ तहको पदमा निमित्त दिने अधिकार विभागका महानिर्देशक नभएको र उनले अख्तियारको समेत दुरुपयोग गरेको भन्दै मन्त्रालयले ढकाललाई स्पष्टीकरण सोधेको बुझिएको छ ।

उता ढकालले भने आफ्नो निर्णयको बचाउ गरेका छन् ।  ‘पद रिक्त भएपछि कानुन अनुसार जो सिनियर छ उ निमित्त हुन्छ । त्यहि अनुसार झा निमित्त भएका हुन् । अब कर्मचारीलाई तलव खुवाउन समस्या पर्ला भनेर मैले आर्थिक अधिकार दिएको मात्रै हुँ ।’ उनले प्रयोगशालामा एघारौँ तहको पद भएपनि आफू महानिर्देशक भएको स्पष्ट पारे ।

‘एघारौँ तह मात्रै होइन । म महानिर्देशक पनि हुँ । मैले मन्त्रालयका जिम्मेवार अधिकारीसंग सोधेरै यो निर्णय लिएको हुँ,’ ढकाललले नेपाली हेल्थसंग भने ।

मन्त्रालयले झा स्वास्थ्य सेवाको कर्मचारी समेत नभएको बताएको छ । ‘उहाँ इन्जिनियरिङ सेवाको कर्मचारी होइछ । स्वास्थ्य समूहको व्यक्तिले सम्हाल्नुपर्ने पदमा अर्को समूहकाले सम्हाल्न मिल्ने कि नमिल्ने ?’, चौरसियाले भने , ‘शुक्रबार बृहत छलफल गरेरै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । अव उताबाट जवाफ आएपछि मन्त्रालयले थप निर्णय गर्ला ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *