हेल्थ असिस्टेन्ट र सरकारी अधिकारीबीचको आजको बार्ता पनि निस्कर्ष विहीन

काठमाडौँ, १ माघ । सरकारले पठाएको दुईवटा विकल्पमा कुरा नमिलेपछि सरकारी अधिकारी र हेल्थ असिस्टेन्टबीचको बार्ता निस्कर्ष विहीन भएको छ । अव अर्को बार्ता विहीबार विहान ११ बजेका लागि तोकिएको छ ।

यसअघि आज दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा करीब तीन घण्टा चलेको बार्तामा सरकारी पक्षले हेल्थ अस्सिटेन्टलाई दुईवटा विकल्प प्रस्तुत गरेको थियो ।

तालिमप्राप्त सीअहेवलाई र छैटौँ तहका अनमीलाई एक पटकका लागि नेतृत्व गर्न दिनुपर्ने र अहिले मन्त्रिपरिषदमा गएको दरबन्दी संरचना फिर्ताका लागि सिफारिस गर्ने भन्ने थियो । तर हेल्थ असिस्टेन्टका तर्फबाट बार्तामा बसेका प्रतिनिधिले मन्त्रिपरिषदमा गएको प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बटम लाइन अघि सारेका थिए । सो प्रस्तावमा सहमति नभएपछि आजको बार्ता स्थगित भएको हो ।

‘एचएका साथीहरुले जुन बटम लाइन प्रस्तुत गर्नुभयो त्यो हाम्रो क्षमताको विषय होइन । मन्त्रिपरिषदमा गएको प्रस्ताव फिर्ता लिन अनुरोध गर्न सक्छौँ तर त्यो प्रस्ताव फिर्ता नलिइ बार्ता मै बस्दैनौँ भनेपछि आजको बार्ता स्थगित भएको हो,’ सरकारी बार्ता टोलीका सदस्य सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले भने ।

उनले अवको बार्ता हेल्थ असिस्टेन्ट बाहेक कर्मचारी टे«ड युनियनका प्रतिनिधि समेत रहने बताए । ‘अवको बार्ता एउटा समूहसंग मात्रै हुँदैन संयुक्त रुपमा हुन्छ । र विहीबार ११ बजेका लागि तय गरिएको छ,’ सहसचिव श्रेष्ठले भने ।

स्वास्थ्य चौकीको नेतृत्वमा हेल्थ असिस्टेन्ट सहित सिअहेवले पनि गर्न पाउने भनिएपछि आन्दोलित भएका हेल्थ अस्सिटेन्टहरु आफ्नो पुरानो मान्यतामा अडिक रहेको बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार तालिम प्राप्त सीअहेवको संख्या १ हजार ५ जना रहेको छ । त्यस्तै छैटौँ तहका अनमीको संख्या ३२९ रहेको छ । बर्तमान प्रस्तावले यी सी अहेव र अनमीले समेत स्वास्थ्य संस्थाको नेतृत्व लिन पाउनसक्ने व्यवस्था गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “हेल्थ असिस्टेन्ट र सरकारी अधिकारीबीचको आजको बार्ता पनि निस्कर्ष विहीन

  1. पद नाम अ हे व र अ न मि ले पनि पाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *