हेल्थ असिस्टेन्ट संघको केन्द्रीय महाधिवेशन २२ र २३ चैतमा
काठमाडौँ, २९ मंसिर । हेल्थ असिस्टेन्ट संघ नेपालको प्रथम केन्द्रीय महाधिवेशन आगामी चैतको २२ र २३ गते हुने भएको छ । शुक्रबार बसेको कार्यसमितिको बैठकले महाअधिवेशनको मिति तोकिएको हो । यद्धपी महाधिवेशन गर्ने स्थान भने तोकिएको छैन ।
यस्तै शुक्रबारको बैठकले सातवटै प्रदेशमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तालिका समेत तोकेको छ । भेला तथा प्रशिक्षणका लागि प्रदेश नं प्रदेश नं ३ मा ६ पुस, प्रदेश नं २ मा ७ पुस र प्रदेश नं १ मा १३ पुसको मिति तोकिएको छ ।
यस्तै गण्डकी प्रदेशमा १४ पुस, प्रदेश नं ५ मा १५ पुस, कर्णाली प्रदेशमा १६ पुस र सुदूरपश्चिम प्रदेशमा १७ पुसमा गर्ने निर्णय भएको छ ।
बैठकले दरबन्दी संरचना, समायोजन अध्यादेश तथा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकको बारेमा सातवटै प्रदेशमा हुने कार्यक्रममा छलफल तथा सुझाव संकलन गरी सोही अनुसारको सम्वन्धित मन्त्रालयमा राय सुझाव पेश गर्ने समेत निर्णय गरेको संघका कार्यवहाक अध्यक्ष दीपेन्द्र खड्काले बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



